आरुणीमा टेबलटेनिस १७ गतेदेखि
२०७६ फागुन १४ गते

फागुन १४, काठमाडौं । आरुणी स्कुलको आयोजनामा चौथो आरुणी कप उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता फागुन १७ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ३० विद्यालयका ४ सय प्रतिस्पर्धी सहभागी हुने आरुणीका प्रिन्सिपल हिक्मत दाहालले जनाएका छन् । ब्वाइज÷गल्र्समा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिता संयोजक राकेश महर्जनका अनुसार यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेरसमूहमा ब्वाइज÷गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुने छ । ब्वाइज÷गल्र्सको डबल्समा पनि खेल हुने छ । दुईदिने प्रतियोगिताका खेलहरु माछापोखरीस्थित आयोजकको हातामा हुने छ ।
null
२०७६ फागुन १४ गते
प्रतिक्रिया
सम्बन्धित








