सिद्धार्थ बनस्थली र एलए उपाधिनजिक

फागुन १५, काठमाडौं । सिद्धार्थ बनस्थली र लिटिल एन्जल्स (एलए) दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । 

सिद्धार्थ बनस्थलीले आयोजक लोयल्टी एकेडेमी ‘बी’ लाई ३–२ गोलले पराजित ग¥यो । विजेताका अनमोल क्षेत्रीले २ तथा जेनिश रेग्मीले १ गोल गरे । लोयल्टीबाट ‘म्यान अफ द म्याच’ रोहन केसीले दुवै गोल गरे । सिद्धार्थ बनस्थलीले अत्तिरिक्त समयमा जित हात पारेको हो । निर्धारित ४० मिनेटको खेल २–२ को बराबरीमा सकिएको थियो । 

अर्को सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन एलएले टाइमलाइनलाई ११–१ को फराकिलो गोलअन्तरले हरायो । एलएका प्रसुन तुलाधरले ५, दिवस मगर र ऋदक खरेलले २–२ तथा आयुश ऐर र भिगुल पोखरेलले १–१ गोल गरे । टाइमलाइनका निश्चल थापा ‘म्यान अफ द म्याच’ घोषित भए । फाइनल शुक्रबार हुने छ । 

6.JPG

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *