महाशिवरात्रिमा आफ्नो राशिका अनुसार मन्त्रको जप गरे भाग्य चम्किने

फागुन ९, एजेन्सी ।  महाशिवरात्रिलाई हिन्दू धर्मको ठूलो पर्व मानिन्छ। फाल्गुन महिनाको कृष्ण पक्षको चतुर्दशीमा महाशिवरात्रिको व्रत बस्ने गरिन्छ। आजको दिन भगवान शिवलाई भित्रि मनबाट प्राथना गरे भगवान शिवको आशिष अवश्य प्राप्त हुने बिस्वास गरिन्छ। ब्रह्मावैवर्त पुराणका अनुसार, यस दिन भगवान शिव मात्र नभई भगवान विष्णु पनि भक्तहरुको आस्था देखेर चाडै खुसी हुने गर्दछन्। 

धर्मशास्त्र अनुसार, यस विशेष दिनमा केही ज्योतिषीय उपायहरु लगाएर पनि दुस्ख र संकट हटाउन मदत गर्दछ। शिव भगवानका भक्तहरुका लागि महाशिवरात्रि एक ठूलो उत्सव हो। यस दिन भगवान शिवलाई प्रसन्न गर्न चाहनुहुन्छ भने, यस दिन उनको मन्त्रको जप गर्नुपर्दछ। 

आज हामी शिव भगवानको यी सजिलो मन्त्रको बारेमा चर्चा गर्ने छौ। यस मन्त्रको जप गर्ने बेला, हातमा रुद्राक्षको माला पनि राख्नुहोला। जप गर्नु अघि भगवान शिवलाई बेलपत्र अर्पित गर्नुहोस् र बगेको पानीमा बगाउनुहोस्। यस पछि, आफ्नो अनुहार पूर्व वा उत्तरतिर फेर्काएर मन्त्र जप गर्नुहोस्। महाशिवरात्रिको दिन आफ्नो राशिका अनुसार पनि यी विशेष मन्त्रको जप गर्न सक्नुहुन्छ। 

Image result for महाशिवरात्रि

भगवान शिवको मन्त्र 

ॐ नमः शिवाय। 

प्रौं ह्रीं ठः। 

ऊर्ध्व भू फट्। 

इं क्षं मं औं अं। 

नमो नीलकण्ठाय। 

ॐ पार्वतीपतये नमः। 

ॐ ह्रीं ह्रौं नमः शिवाय। 

ॐ नमो भगवते दक्षिणामूर्त्तये मह्यं मेधा प्रयच्छ स्वाहा। 

राशिका आधारमा यी मन्त्रहरुको जप गर्नुहोस् 

मेष: 

मेष राशि भएका व्यक्तिहरुले ‘ॐ विश्वरूपाय नमस्’ को जप गर्नुहोला। 

वृष: 

वृष राशिका व्यक्तिहरुले ‘ॐ उपेन्द्र नमस्’ को जप गर्नुहोला। 

मिथुन: 

यस राशिले महाशिवरात्रिको दिन ‘ॐ अनंताय नमस्’ मन्त्रको जप गर्नुहोला। 

कर्कट: 

कर्कट राशिका व्यक्तिहरुका लागि ‘ॐ दयानिधि नमस्’ को जप गर्नु निकै फलदायक साबित हुनेछ। 

सिंह: 

‘ॐ ज्योतिरादित्याय नमस्’ को जप यी राशिका लागि निकै शुभ रहनेछ। 

कन्या: 

यस राशिका व्यक्तिहरुका लागि ‘ॐ अनिरुद्धाय नमस्’ को जप गर्नाले शुभ परिणाम मिल्नेछ। 

तुला: 

यस राशिका व्यक्तिहरुले भने ‘ॐ हिरण्यगर्भाय नमस्’ को जप गर्नु पर्दछ। 

वृश्चिक: 

वृश्चिक राशिका व्यक्तिहरुले ‘ॐ अच्युताय नमस्’ को जप गर्नुहोला। 

धनु: 

धनु राशिहरुले ‘ॐ जगतगुरवे नमस्’ मन्त्रको जप गर्नुहोस्। 

मकर: 

मकर राशिका व्यक्तिहरुका लागि ‘ॐ अजयाय नमस्’ मन्त्रको जप गर्नाले फलदायी हुनेछ। 

कुंभ: 

यस राशिका व्यक्तिहरुले ‘ॐ अनादिय नमस्’ को जप गर्नुहोला। 

मीन: 

‘ॐ जगन्नाथाय नमस्’ मन्त्रको जप गर्नुहोला, शिव भगवानको कृपा हुनेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *