साउदी गठबन्धनको युद्ध विमानमा आक्रमण, ३१ जनाको मृत्यु
२०७६ फागुन ४ गते

फाइल फाेटाे
फागुन ४, काठमाडौं । हुथी विद्रोहीले साउदी गठबन्धनको युद्ध विमानमा आक्रमण गरेको छ ।
साउदी अरेबीयाको नेतृत्वमा रहेको सैन्य गठबन्धनद्वारा संचालित युद्ध विमानमा यमनी हुथी विद्रोहीले आक्रमण गरेका हुन् । उनीहरुले विमान खसालेको स्वीकार पनि गरिसकेका छन् ।
![]()
आक्रमणमा परी संयुक्त राष्ट्रसंघका खनुसार अल जवफमा शनिबार भएको हवाई आक्रमणमा ३१ नागरिकको मृत्यु भएको छ ।
यमनी सैनिकहरुका लागि सपोर्ट मिसन लिएर गएको टोर्नाडो जेट विमान अल जवफ प्रान्तमा हवाई आक्रमणमा परि दुर्घटना भएको बीबीसीले जनाएको छ ।
साउदी गठबन्धले यमनी विद्रोहीहरु विरुद्ध सन् २०१५ देखि कारवाही गर्दै आएको छ।
२०७६ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित








