वाइ वाइ नेपाल स्टार अब छिटै नेपाल टेलिभिजनमा

फागुन ११, काठमाडौं । नेपाल टेलिभिजनका लागि ‘कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लि ले उत्पादन गर्न लागेको नयाँ गायन रियालिटी शो ‘नेपाल स्टार’लाई वाइवाइले प्रायोजन गर्ने भएकोछ ।
‘आइतबार कि इन्टरटेन्टमेन्ट एण्ड रिसर्च प्रा.लि’ का प्रमुख रविन्द्र कुमार रिजाल र वाइवाइको तर्फबाट चौधरी ग्रुपमा मेनेजर निर्वाण चौधरीबीच सम्झौता भएको हो ।
निर्वाण चौधरीले स्वदेशमै उत्पादन हुने रियालिटी शोमा स्पोन्सर गर्न पाउँदा खुसी लागेको बताए । ‘युवालाई प्रोत्साहित गर्न हाम्रो ग्रुप सधै नै तयार भएको र रियालिटी शोबाट धेरै राम्रो–राम्रो संगीत प्रेमीहरु स्थापित हुने छ ।’ उनले भने ।

रियालिटी शोमा निर्णायकको रुपमा रामकृष्ण ढकाल, आलोक श्री, र अन्जु पन्त रहेका छन् ।
नेपाल स्टारको पहिलो चरणको अडिसन सकिएको छ । सातवटै प्रदेश र काठमाडौं गरेर ८ वटा शहरमा अडिसन लिइएको थियो
प्रतियोगिताको निर्णायक ढकालले फ्रेन्चाइज रियालिटी शो भन्दा नेपाल स्टार कमजोर नभएको बताए ।
अन्जु पन्त र आलोक श्रीले नयाँ रियालिटी शोमा निर्णायकको रुपमा रहन पाएकोमा खुसी व्यक्त गरिन् । उनले यो नेपालको उत्कृष्ट रियालिटी शो भएको पनि दावी गरिन् ।
यस रियालिटी शोमा ५० लाख पुरस्कार राखिएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले जनाकारी गराए। ‘हामीले उत्कृष्ट ४ मा परेका सबैलाई पुरस्कार दिनेछौं । उत्कृष्ट चार जनाले नै जनही ५ लाख पुरस्कार पाउनु हुनेछ र, टाइटल विजेताले थप ३० लाख पुरस्कार जित्नुहुनेछ ’ अध्यक्ष विष्टले भने ।








