युरोपा लिगको अन्तिम १६ को समीकरण पूरा, हेर्नुहोस् को-को पुगे ?

फागुन १६, काठमाडौं । युएएफए युरोपा लिगको अन्तिम १६ को समीकरण पूरा भएको छ । गएराती अन्तिम ३२ को दोस्रो लिगका खेल सकिएपछि अन्तिम १६ मा पुग्ने १५ टिमको टुंगो लागेको हो ।   

एक टिमको टुंगो भने आज हुदै छ । अन्तिम १६ मा ठाँउ बनाउने क्लबमा म्यानचेस्टर युनाइटेड, इन्टरमिलान, अस्ट्रियाको लास्क, डेनमार्कको कोपेनहेगन, प्रिमियर लिगको वोल्भरहम्पटन, जर्मनीका बायर लिभरकुसेन र वोल्फ्सबर्ग, ग्रीसको ओलम्पियाकोस, इटालीको रोमा, स्कटल्याण्डको रेन्जर्स, स्पेनका गेटाफे र सेभिया, स्विस क्लब बासेल, टर्किस क्लब इस्तानबुल बसाकसेहिर र युक्रेनको शख्तर डोनेटस्क रहेका छन् । 

यसरी १५ टिमको टुंगो लागेको छ भने १६ टिमको टुंगो इनरीच फ्र्यांकफर्ट र रेड बुल साल्जबर्गबीचको दोस्रो लिगको आज हुने खेलपछि लाग्ने छ । यस्तै अन्तिम १६ को ड्र पनि आजै हुने भएको छ । आजको ड्र पछि अन्तिम लिगको पहिलो लिगको खेल मार्च १२ र दोस्रो लिगका खेल मार्च १९ मा खेलिने भएको छ । 

प्रिमियर लिग क्लब अप्रत्याशित रुपमा अन्तिम १६ मा पुग्न असफल भएको छ । ग्रीसको क्लबसँग दोस्रो लिगमा पराजित भएसँगै अर्संल युरोपा लिगबाट बाहिरिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *