क्रान्तिलाई जारी राखौंः बाबुराम भट्टराई

फागुन १, काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले जनयुद्धका उपलब्धिहरुको रक्षा गर्दै क्रान्ति जारी राख्नुपर्ने बताएका छन् ।
जनयुद्ध दिवसका अवसरमा आज (बिहीबार) सामाजिक सञ्चाल ट्वीटरमा उनले यस्तो बताएका हुन् । उनले जनयुद्धका सहिद, बेपत्ता र घाइतेप्रति उच्च सम्मान रहेको समेत उल्लेख गरेका छन्।
ट्वीटरमा उनले लेखेका छन्– ‘ऐतिहासिक जनयुद्ध प्रारम्भको २५ औं वर्ष प्रवेशको सन्दर्भमा सम्पूर्ण महान सहिदहरू, बेपत्ताजन, घाइतेप्रति उच्च सम्मान व्यक्त गर्दै १० बर्षसम्मको जनयुद्धको प्रक्रियामा सहभागी सम्पूर्ण क्रान्तिकारी सहयोद्धाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु !’, उपलब्धिहरूको रक्षा गर्दै क्रान्तिलाई जारी राखौं !’

२०५२ साल फागनु १ गते थालिएको जनयुद्धको आज २५ वर्ष पुगेको छ । यसको अवसरमा सत्तारुढ नेकपाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा विशेष कार्यक्रम समेत आयोजना गरेको थियो । कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य नेताहरुले जनयुद्धको स्मरण गरेका थिए ।








