आज माघ २६ गते आइतबार, यस्ताे छ आजकाे पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग 

वि.सं. २०७६ माघ २६। आइतबार। इ.स. २०२० फेब्रुवरी ९। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। ने.सं. ११४० सिल्लाथ्व। माघ शुक्लपक्ष। पूर्णिमा, १३:३० उप्रान्त प्रतिपदा। नक्षत्र– अश्लेषा, २०:४८ बजेउप्रान्त मघा। योग– सौभाग्य, १६:३० बजेउप्रान्त शोभन। करण– वव, १३:३० बजेदेखि वालव, २४:३२ बजेउप्रान्त कौलव। आनन्दादिमा वज्र योग। चन्द्रराशि– कर्कट, २०:४८ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ६:४८ बजे, सूर्यास्त– १७:४९ बजे र दिनमान २७ घडी २ पला। श्रीस्वस्थानी व्रत समाप्ति। माघस्नान समाप्ति। सिपुन्ही। 

राशिफल 

null

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । रोमाञ्चक यात्रा होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभारम्भको चर्चा चल्नेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिको रूपमा सत्कार पाइएला । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटावपनि रहनसक्छ । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा निरासा र शरीरमा आलस्य आउला । कार्यमा बाधा आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान् । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्ला । धार्मिक यात्राको योगपनि छ । – ज्यो.प. नारायणप्रसाद दुलाल 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *