स्वस्थ रहन खाने फुड सप्लीमेन्टको स्टोर धरानमा पनि सुरु

फागुन १४, सुनसरी । आज २१ औं शताब्दीको युग भागदौड र व्यस्त दिनचर्याको युग भैसकेको छ । जसले गर्दा दैनिक शाररीक ब्याम गर्न समेत कसैलाई फुर्सद छैन ।   

जथाभावी खानपिनले मानिसहरु चाहेर पनि आफनो स्वास्थ्यप्रति सजग र सचेत नरहेको देखिन्छ । जुनबेला मानिसलाई लागि सक्छ अनि मात्र उपचार खोज्न तिर लाग्ने हाम्रो चलन छ । अचेल मानिसहरु आफु स्वस्थ रहन विभिन्न उपाय खोजीरहेका पनि हुन्छन । वास्तवमा उपाय र जुक्ती खोजुन्जेल धेरै ढिला भैसकेको हुन्छ । जसलाई अबदेखी पुर्ति गर्न सुनसरीको धरानमा एउटा यस्तो स्टोर नै सञ्चालनमा आएको छ जसको नाम हो न्युट्री हव फुड सप्लीमेन्ट । 

फुड सप्लीमेन्ट  एउटा यस्तो उपाय हो जसको निरन्तर र दिनानुदिनको प्रयोगले मानिस संधै स्वस्थ रहन सक्छ । किनभने कुनै पनि रोगको मूल कारण असन्तुलित आहार विहार नै हो । यदि हाम्रो दैनिक आहार सन्तुलीत आहार हुने हो भने जटिल रोगहरु र शरिरमा देखिने जटिल विकृति कहिले पनि हुदैन । सन्तुलीत आहारको कमिले मानिसमा कुपोषण जस्तो जटिल समस्या हुन आउछ । सन्तुलीत आहारको कमिले हाडमा देखिने अस्टियोपोरोसीस जस्तो जटिल रोग पनि  लाग्न सक्छ ।   

तसर्थ हामी हाम्रो स्वास्थ्य प्रति सजग र सतर्क हुन अति जरुरी छ । यसैलाई आत्मसात गर्दै वैज्ञानिकहरुले हामीले दिनहु खान हुने रेगुलर प्लान्ट बेस डाईट र मिनरलबेस डाइट (दिनहुँ खान हुने अन्नपात वनस्पति र खनिजमा आधारित खाना) को अविस्कार गरेका छन् जसलाई फुड सप्लीमेन्ट भनिन्छ ।   

हो आज यहि फुड सप्लीमेन्ट ट्याब्लेट, क्यापसरल, ग्रानवल र झोलको रुपमा सर्बत्र नै पाईने गरेको छ । फुड सप्लीमेन्टहरु विभिन्न डिपार्टमेन्टल स्टोर, ग्रोसरी सप र औषधि पसलमा पाइन्छ । फुड सप्लीमेन्ट को प्रयोग दैनिक आहार पूरकको रुपमा गरेमा मानव शरिरमा देखिने जटिल र जोखिमपूर्ण रोगहरु लाग्नबाट बच्न सकिन्छ । 

न्युर्टी हवको रुपमा नाम दिईएको सो सप्लीमेन्ट हबबाट सबै जनमानसले सजिलै र सर्बसुलभमा नै सेवा लिन सकुन भन्ने अभिप्रायले मिस्टर धरान तथा जिमर उत्तम खत्रीले १० लाखको लगानीमा धरानमा नै सो स्टोर सञ्चालनमा ल्याएका हुन । बुधबार धरान १० स्थित रागा चोकमा एक कार्यक्रमका बीच  सो स्टोरको धरानका मेयर तिलक राइले उद्घाटन गरेका छन् ।   

उदघाटन समारोहमा  मेयर राईले हामीले फुड सप्लीमेन्टलाई प्रिभेन्टीभ मेडिसिनको रुपमा सेवन गर्नुपर्नै  र निरन्तर गर्नुपर्छ बताए । किनभने यी फुड सप्लीमेन्टहरु सन्तुलीत भोजनको आवश्यकतालाई पूरा गर्न आहार पुरकको रुपमा बनाइएकाले शरीरलाई चाहिने पौष्टीक तत्व लागायतका आबश्यकताहरु परिपुर्ती हुने उन को भनाइ छ ।   

ट्याबलेट, क्याप्सुलको रुपमा धेरै फुड सप्लीमेन्टहरु उपलब्ध छन र फुड सप्लीमेन्टहरुको यहि बनावटले गर्दा यी औषधि हुन कि भन्ने भ्रम पनि व्याप्त छ तर ट्याब्लेट क्याप्सुल हुदैमा औषधि नै हुन्छ भन्ने धारणा नितान्त गलत भएको मेयर राईको तर्क थियो ।   

सोही कार्यक्रममा न्युर्टी हवका सञ्चालक उत्तम खत्रीले फुड सप्लीमेन्टहरु फलफुल, अन्नपानी र वनस्पतिमा पाईने तत्वहरुबाट बनाईन्छ भन्ने कुरा जानकारी दिएका थिए। उनका अनुसार स्पेसमा जाने वैज्ञानिक यात्रीहरु पनि यस्तै आहारपूरक (फुड सप्लीमेन्ट) ट्याब्लेट, क्याप्सुल खाएर आफुलाई चाहिने आहारको सन्तुलन गर्ने गर्दछन । किनभने स्पेसमा खाना पकाएर खान संभव हुदैन । तसर्थ पनि ठुलठुला मेहनतका काम ,जीम खानामा शाररीक अभ्यास तथा स्वस्थ जीवन बिताउनका लागि र संधै स्वस्थ रहनका लागि फुड सप्लीमेन्ट प्रयोग गर्नुपर्छ आबश्यक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =