अमृत र इबीए विजयी

फागुन ५, काठमाडौं । अमृत र आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ‘बी’ ले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्स थ्री बाइ थ्रीमा सोमबार जित हात पारेका छन् । दुवैले एनआईसीलाई पराजित गरे । 

अमृतले एनआईसीलाई १७–१४ तथा इबीएले एनआईसीलाई १९–१५ ले हराए । अमृतकी दिया न्यौपानेले ८ तथा इबीएकी अस्मिता विकले ९ अंक जोडे । 

जुनियर ब्वाइजमा मातृभुमिले दोहोरो जित निकाल्यो । पहिलो खेलमा मातृभुमिले नव ज्ञानभुमिलाई २९–२५ ले पाखा लगायो । विजेताका अभिनव गुरुङले १२ अंक योगदान गरे ।  अर्को खेलमा अभिनवकै १४ अंक सहयोगमा मातृभुमिले भक्तिलाई २२–१९ ले पन्छायो । नेपाल मोडेल पनि दुई खेलमा जित हात पार्न सफल भयो । नेपाल मोडेलले फ्युजन एकेडेमीलाई २३–१७ तथा स्किम्सलाई २६–२० ले निराश पा¥यो । फ्युजन विरुद्ध नेपाल मोडेलका कृष्ण काफ्लेले १३ तथा स्किम्स विरुद्ध नेपाल मोडेलका प्रनिश अधिकारीले ९ स्कोर गरे । 

7.JPG

जुनियर ब्वाइजमै नव ज्ञानभुमिले काठमाडौं ग्लोबललाई २५–२० तथा भ्याली पब्लिकले अमृतलाई २०–१८ ले पराजित गरे । नव ज्ञानभुमिका विपिन श्रेष्ठले १२ तथा भ्याली पब्लिकका सौगातले ९ अंक बटुले । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *