दुई समितिको प्रतिवेदन प्रतिनिधिसभामा

माघ २१, काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा दुई समितिको प्रतिवेदन पेश भएको छ । महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गर्नुभयो ।   

यसैगरी शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६ पनि पेश गर्नुुभयो । 

दुई समितिमा सांसद थप   

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद उपेन्द्रप्रसाद यादव र सांसद सुरेन्द्रप्रसाद यादवलाई प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित शिक्षा तथा स्वास्थ्य समितिमा नाम थप गरिएको जानकारी दिए । 

यसैगरी सांसद मोहम्मद इश्तियाक राईको नाम सार्वजनिक लेखा समितिमा थप गरिएको जानकारी पनि बैठकमा उनले गराए । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =