एनइए र नेपाल मोडेल सेमिफाइनलमा, ह्वाइट हाउस र जेभियर उपाधि नजिक

फागुन ६, काठमाडौं । एनइए र नेपाल मोडेल दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । 

एनइएले मातृभुमिलाई ३२–२७ ले पराजित गर्याे । एनइएका नारायण लोहनीले १९ अंक जोडे । नेपाल मोडेलले भ्याली पब्लिकलाई ३५–२९ ले हरायो । नेपाल मोडेलका कृष्ण काफ्लेले १० स्कोर गरे । जुनियर ब्वाइजमै आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ले पारामाउन्टलाई २९–२० तथा स्किब्सले नव ज्ञानभुमिलाई १६–१० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । इबीएका समिर खनालले १४ तथा स्किब्सका क्षितिज आले मगरले १० स्कोर गरे । 

गल्र्सको थ्री बाइ थ्रीमा इबीएको तीनै टोली ‘ए’, ‘बी’ र ‘सी’ ले सेमिफाइनल यात्रा तय गरे । आयोजकसँगै नाम्सले पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्याे । 

इबीए ‘ए’ ले मातृभुमिलाई १९–१५, इबीए ‘बी’ ले नेसनल युनाइटेडलाई १४–१२ तथा इबीए ‘सी’ ले बालविकासलाई १०–८, नेसनल युनाइटेडलाई १४–२ र अमृत ‘बी’ लाई १२–९ ले निराश पारे । नाम्सले काठमाडौं ग्लोबललाई १८–१४, मातृभुमिलाई १०–७ र अमृत ‘ए’ लाई १८–१४ ले पाखा लगाए । 

ह्वाइटहाउस र जेभियर उपाधिनजिक 

ह्वाइटहाउस र जेभियर इनटरनेसनल आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । 

पहिलो सेमिफाइनलमा ह्वाइटहाउसले न्यु जेनिथलाई ७५–५६ ले पराजित गर्याे । ह्वाइटहाउसको जितमा सुरज खत्रीले २५ अंक योगदान गरे । सविन कार्कीको १५ अंक सहयोगमा जेभियरले समृद्धिलाई ७३–६६ ले हरायो । फाइनल बुधबार हुने छ । त्यसै दिन न्यु जेनिथ र समृद्धि पनि तेश्रो स्थानका लागि खेल्ने छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =