नेपाल प्रहरीको एआईजीमा तीन जनाको बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको एआइजीमा तीन जनाको बढुवा भएको छ । गृह मन्त्रालयले रिक्त एआइजीको पदमा तीन जनालाई बढुवा गरेको हो ।   

बढुवा समितिको सचिवालयका अनुसार डीआईजीत्रय तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पाललाई एआइजीमाा बढुवा सिफारिस गरिएको हो ।  

  

मन्त्रालयका अनुसार लम्साल एक नम्बर, थापा दुई नम्बर र हरि पाल तेस्रो नम्बरमा बढुवा सिफारिस भएका हुन्  ।   

नेपाल प्रहरीको एआइजीमा बढुवाका लागि ६ जना डिआइजीबीच प्रतिस्पर्धा देखिएको थियो । जसमा सूर्य उपाध्याय  प्रद्युम्न कार्की र निरजबहादुर शाही पनि प्रतिस्पर्धामा थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =