रिफ्लेक्टर स्टिकर लगाउने काम सुरु

फागुन, ९ विराटनगर ।  बिराटनगरको महानगरपालिकाको बरगाछी चोक देखि टंकी सिनवारीसम्म रोड डिभाइडरमा फलामजडित रिफ्लेक्टर स्टिकर लगाउने काम सुरु भएको छ । 

शुक्रबारबाट सुरु भएको उक्त काम विराटनगर महानगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत एकदेव अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राकेश कुमार पोदार साथै स्थानिय वासिन्दाहरुको उपस्थितिमा सुरु भएको हो ।   

रोड डिभाईडरमा टल्किने स्टिकर नभएको कारण रातको समयमा हुने सवारी दुर्घटनाले गर्दा व्यक्तिगतरुपमा सहयोग गर्न लागेको विराटनगर महानगरपालिका-१० का राजेश कुमार शाहले बताए ।   

ट्राफिक प्रहरी प्रमुख पोदार आए पश्चात जलजला मोडङ देखि हनुमान मन्दिर सम्मको सडकमा राख्दै गरिएको पार्किङलाई पार्किङ स्थानमा सारे पश्चात रोड जाम रहित सफा देखिन थालिएको  शाहले बताए ।   

उनले भने ‘जलजला मोड देखि ट्राफिक चोक आईपुग्दा १५ मिनेट लाग्थ्यो भने अहिले २ मिनेटमा ट्राफिक चोक आइपुगिन्छ । यसले गर्दा दैनिक हुने जाम घटेको छ ।’ 

विराटनगर महानगरपालिकाको समेत पहल रहेको उक्त कार्य दैनिक रुपमा तरकारी बजार गुद्री चोकमा हुने ट्राफिक जाम वान वे लगाए पश्चात हटेको छ । हाईवे बस पार्क देखि बरगाछी चोकसम्म एक तर्फि पार्किङको अवधारणा ल्याएसँगै हाईवेमा ट्राफिक जामको समस्या घटेको छ ।   

उक्त कामका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख निरीक्षक राकेश कुमार पोदारले १ महिना देखि पहल गर्दै आईरहेको बताए । विराटनगर महानगरपालिकालाई कसरी सुन्दर बनाउने, ट्राफिक जामबाट विराटनगरबासीलाई कसरी मुक्त बनाउने भन्ने विषयमा ट्राफिक प्रहरीले अपेक्षा राखेको पोदारको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *