आशिका र नेहासँग रोमान्टिक मुडमा हिमांशु (भिडियो सहित)

फागुन ४, काठमाडौँ । युवा गायक कौशल राज खड्काले आफ्नो नयाँ म्युजिक भिडियो ‘मेरी पुजा’ सार्वजनिक गरेका छन । 

प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको यस गीतमा स्वर र संगीत गायक कौशल राज खड्काको रहेको छ । गीतका शब्द बिशाल मल्लले लेखेका हुन् भने मनोज चौलागाईले संगीत संयोजन गरेका हुन् । 

हाँस्यरस र रोमान्टिक तरिकाले प्रस्तुत गरिएको म्युजिक भिडियोलाई सुबल दंगालले खिचेका हुन भने सियोन नेवारले कोरियोग्राफी गरेका हुन् । 

भिडियोमा हिमांशु कार्की ( मिस्टर हिम्ज़) , आशिका श्रेष्ठ र नेहा लिम्बुको मुख्य भुमिका रहेको छ । प्रलभ ढुंगाना, आश्मा गिरी र कौशल राज खड्काको लगानीमा निर्माण भएको भिडियोलाई  नायिका आश्मा गिरीले निर्देशन गरेकी हुन् । 

नेफोली क्रियशनको अफ़िसिएल युट्युब च्यानल मार्फत सार्वजनिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । 

https://youtu.be/P2sZzQXaDZ0 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =