बैतडीमा कार दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

फाेटाे फाइल 

माघ २४, बैतडी । बिहीबार राति बैतडीमा बा. ६ प ९१९९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।   

बैतडीको  दशरथचन्द नगरपालिका-२ हुसिल्लामोडस्थित सडकमा दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका-४ शाहिलेक बस्ने २८ वर्षीय हरीश तिरुवाको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो ।   

Image result for कार दुर्घटना

साथै दुर्घटनामा घाइते भएका कारमा सवार दार्चुला शैल्यशिखर नगरपालिका-९ बस्ने ३६ वर्षीय डिकर देब पाण्डेलाई थप उपचारको लागि धनगढीतर्फ पठाइएको प्रहरीले जनाएको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।     

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =