संस्कृति इन्टरनेशनल स्कुलको १० औं वार्षिक उत्सव सम्पन्न

फागुन ४, काठमाडौँ ।  संस्कृति इन्टरनेशनल स्कुल, प्रगतिशील शिक्षामा अग्रणी विद्यालयले गत हप्ता आफ्नो १० औं वार्षिक उत्सव मनाएको छ । संस्कृति इन्टरनेशनल स्कुल खुसीयाली, क्यरिंग र प्रेरणदायिक शैक्षिक वातावरण प्रदान गरेर विद्यार्थीले सम्मान र अन्तर्राष्ट्रिय मानसिकतालाई अँगालेर उनीहरुको सम्भावित क्षमता हासिल गर्दै परिवर्तनशील विश्वमा योगदान पुर्याउने साझा दृष्टिकोणका साथ सन् २०१० मा स्थापना गरिएको थियो । 

१०औं वार्षिक उत्सवको अवसरमा, सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत संस्कृति इन्टरनेशनल स्कुलले किमडोलस्थीत श्री जनसुधार आधारभूत विद्यालयलाई रु १ लाख सहयोग गरेको छ । उक्त सहयोग रकम विद्यालयको हलको छानो निर्माण गर्न प्रयोग गरिनेछ । उक्त रकम सम्माननीय प्रमुख अतिथि अनुराधा कोइराला र अम्बिका श्रेष्ठले श्री जनसुधार आधारभूत विद्यालयका प्रधानध्यापक सिता पौडेललाई हस्तान्तरण गरेका छन् ।  

विद्यार्थीहरुलाई सामाजिक सेवा गतिविधिहरुमा सामेल र संलग्न गराउने, विद्यार्थीहरुलाई समाजमा केहि योगदान गर्न सिकाउने उद्देश्यले स्कुलले मिस संस्कृति र मिस्टर संस्कृति प्रतियोगिताको आयोजना गरेको थियो जहाँ विद्यार्थीहरुले जित्नका लागि सामुदायिक सेवा प्रोजेक्टको प्लान तयार पानुपर्ने थियो । सबै सहभागी विद्यार्थीहरुले आफ्नो सामाजिक कार्यको आइडियामा प्रिजेन्टेशन दिएका थिए । 

 यसबाहेक ट्यालेन्ट शो, सेलेक्शन इन्टरभ्यू, ग्रुप प्रोजेक्ट वर्क, निर्णायकवर्गबाट प्रश्न उत्तर राउण्डमा विद्यार्थीहरुले आफ्नो सृजनशीलता, प्रिजेन्टेशन स्किल र प्रतिभाहरु र ग्रुप कोलाबोरेशन प्रदर्शन गरेका थिए । मिस संस्कृति र मिस्टर संस्कृति प्रतिभा प्रतियोगिताका विजेताहरु क्रमशः श्रेया भट्टराई र बर्दान ढकाल रहेका छन् । विजेताहरुले आफ्नो व्यक्तिगत सामुदायिक प्रोजेक्ट शुरु गर्नका लागि रु २०,००० प्राप्त गरेका छन् । त्यस्तै, यस प्रोजेक्टका पहिलो रनर अप श्रुती छेत्री र आगमन बज्राचार्यलाई रु १०,००० तथा दोस्रो रनर अप एन्नी श्रेष्ठ र आश्रय पियालाई रु ५००० प्रदान गरिएको थियो ।   

एक दशक लामो यात्राको स्मरण गर्दै संस्कृति इन्टरनेशनल स्कुलका अध्यक्ष  रञ्जीत आचार्यले भने, “मेरो सम्पूर्ण टिम, शिक्षण तथा गैर–शिक्षण कर्मचारीहरु र संस्कृतिलाई आज हामीले हासिल गरेको यो मान्यता प्राप्त गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नु हुने सबैलाई म आभार प्रकट गर्दछु । उहाँहरुको निरन्तर समर्थन बिना हामी शिक्षाको सुधार र पोषणको यो ठुलो लक्ष्य कल्पना गर्न पनि सक्दैनौं ।” 

संस्कृति इन्टरनेशनल स्कुलकी निर्देशक श्रीमती दिप्ती आचार्यले भन्नुभयो, “म अत्यन्तै खुसी छु र गर्व गर्दछु कि संस्कृतिले आज १० वर्ष पुरा गरेको छ । हाम्रा दैनिक अवरोध र चुनौतीहरुको बाबजुद, संस्कृति नेपालको विद्यालय भए तापनि विश्वस्तरीय शिक्षा प्रदान गर्न सफल भएको छ र विद्यार्थीहरुका लागि पाठ्यक्रम र एसेस्मेन्टको उत्तम मिश्रणलाई कार्यान्वयन गर्ने कुरामा केन्द्रित छ । म शिक्षा र शिक्षणमा उत्कृष्ट प्लायटफर्म प्रदान गर्ने भूमिका निर्वाह गर्न पाउँदा श्रद्धेय महशुस गर्दछु ।” 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =