चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल

फागुन ६, बेनी । १३ औँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । रेडियो दिदीबिहिनीद्वारा आयोजित प्रतियोगिता बुधबारबाट पर्वतस्थित जलजला गाउँपालिका–३ मा सुरु हुने भएको हो ।   

मंगलबार जलजला गाउँपालिकास्थित कालागण्डकीको तिरमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवकी अध्यक्ष कल्पना चापागाईंले ७७ लाख बजेट रहेको महोत्सबको महिला भलिबलका लागि अनुमानित १५ लाख लाग्ने बताएकी छन् ।   

रेफ्रि संयोजक अन्तर्राष्ट्रिय एसियन रेफ्री क्यान्डिडेट टहलसिंह थापामगरले ५ टिम बीच लिगकम नकाउटका आधारमा खेल संचालन गरिने बताए । उनका अनुसार समूह ए मा साबिक बिजेता एपीएफ र आर्मी तथा समूह बी मा साबिक उपबिजेता होङग्वान्जी न्युडायमण्ड,पुलिस र आयोजकको टिम रहेको छन् । 

null

प्रतियोगिताको विजेताले दुई लाख, दोस्रोले एक लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् ।   

सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजककी अध्यक्ष कल्पना चापागाईले बताइन् । ‘हामीले स्थानीय क्षेत्रको टोलीमा पनि समावेश गरेका छौं । स्थानीय टोलीले राष्ट्रिय स्तरका खेलाडीसँग खेल्न पाउँदा उनीहरुको प्रतिभामा पनि निखारता पाउनेछ,’चापागाईंले भनिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + ten =