अभिलाषा र नेयराको जोडी फाइनलमा

फागुन १४, काठमाडौं । नेपालकी अभिलाषा विष्ट र श्रीलंकाकी नेयारा विरावान्साको जोडी पाकिस्तानको इस्लामाबादमा जारी जे ५ पाकिस्तान आईटीएफ जुनियर्स टेनिस प्रतियोगिताको गल्र्स डबल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । 

सेमिफाइनलमा उक्त जोडीले इरानकी डोसा चिरादी र टर्कीकी लिलुर गोन लुसेनको जोडीलाई ५–७, ७–६ ९५० र १२–१० को सेटमा पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।   

अभिलाषा र नेयाराको जोडीले फाइनलमा बिहीबार टर्कीका मिना टोग्लुक डेमिर र लेला निलुफर एल्मासको जोडीसंग प्रतिस्पर्धा गर्ने छन् 

4.jpg

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *