भगवती चौधरी टोली सहित विजनेश ट्रिपमा युएई प्रस्थान

फागुन ५, सुनसरी । पूर्वराज्यमन्त्री भगवती चौधरी कोअपरेटिभ विजनेश ट्रिपका लागि युएई प्रस्थान गरेकी छिन् । सुनसरी दुहवी स्थित फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाकी अध्यक्षसमेत रहेकी चौधरी पाँच दिने फेमली विजनेश ट्रिपका लागि युएई प्रस्थान गरेकी हुन् ।  

विजनेश ट्रिपमा फरवार्ड इन्टरप्राइजेज, फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रतिनिधिहरुको समेत सहभागीता रहेको छ । विजनेश ट्रिपमा फरवार्ड इन्टरप्राइजेजका अध्यक्ष द्रब्यराज चौधरी सहित घिनियाँ थरुनी, कलावती थरुनी, हरिनारायण चौधरी, श्यामचन्द्र चौधरी, लक्ष्मीकृष्ण श्रेष्ठ, कमलसिं राजबंशी र ललिता कुमारी चौधरी रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *