‘अमेरिकन फ्याक्ट्री’ ले हात पार्यो बेस्ट डकुमेन्ट्रीको उपाधि

माघ २६, काठमाडौँ ।   अमेरिकामा जारी ९२ औं एकेडेमी अवार्डमा अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको प्रोडक्सनमा बनेको ‘अमेरिकन फ्याक्ट्री’ ले बेस्ट डकुमेन्ट्रीको उपाधि हात पारेको छ ।   

यस वर्षको  अवार्डमा  ‘म्यारिज स्टोरी’ का लागि  उत्कृष्ट सह–नायिकामा लरा डर्नले  उपाधि हात पारेकी हुन् । त्यसै गरी उत्कृष्ट सह–नायकको उपाधि ‘वान्स अपन अ टाइम इन हलिउड’ का ब्राड पिटले हात पारे । 

निर्देशक बाङ्ग जूनले भने उत्कृष्ट स्क्रिन प्ले अवार्ड पाए । यो अवार्ड उनलाई फिल्म ‘प्यारासाइट’ का लागि दिइएको हो ।  यस्तै, एडप्टेड स्क्रिनप्ले विधामा ‘जोजो र्‍याबिट’ का लागि ताइका वतीतीलाई चुनिएकाे छ । 

त्यसैगरी उत्कृष्ट एनिमेटेड सर्ट फिल्मको अवार्ड ‘हेयर लव’ लाई प्रदान गरिएको छ । । यो वर्ष उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म ‘ल नेबर्स विन्डो’ बनेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *