फ्राईडे रिलिजमा एकसाथ आयो ‘सेन्टी भाइरस’ र ‘आमा’, कसले बाजी मार्ला ?

फागुन ९,काठमाडौँ । फ्राईडे रिलिज परम्परालाई धान्दै आजबाट दुई नेपाली चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ एकसाथ प्रदर्शनमा आएको छ ।   

चलचित्र  ‘सेन्टी भाइरस’ कलाकार सिताराम कट्टेल, कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) द्वारा अभिनित चलचित्र हो भने चलचित्र ‘आमा’ कलाकार सुरक्षा पन्त र मिथिला शर्माद्वारा अभिनित चलचित्र हो । 

चलचित्र ‘सेन्टी भाइरस’ मा राजनितिक र पारिवारीक विषयबस्तु समेटिएर बनाईएको छ भने चलचित्र ‘आमा’  आमाको महत्व तथा सामाजिक विषयबस्तु समेटिएर बनाइएको छ । एकसाथ प्रदर्शनमा आएको यी दुई चलचित्र मध्ये कुन  चलचित्रले बाजी मार्ने हो त्यो त दर्शकको हातमा छ ।   

Image result for ‘सेन्टी भाइरस’ र 'आमा'

चलचित्र ‘सेन्टी भाइरस’   

चलचित्र  ‘सेन्टी भाइरस’ ‘सुविहानी फिल्मस्’को व्यानारमा (धुर्मुस-सुन्तली) ले निर्माण गरेको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । 

चलचित्रमा  सिताराम कटेल र कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली) को साथै विल्सन बिक्रम राई, दयाहाङ राई, बुद्धि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री र कमलमणि  नेपाल लगायत कलाकारकाे अभिनय रहेको छ ।   

कुमार कट्टेल र दिपक आचार्यको लेखन रहेको  ‘सेन्टी भाइरस’ लाई  डिन्डु लामा ह्याल्मोले निर्माण गरेका हुन् भने शेलेन्द्र डि. कार्कीले छायाँङ्कन गरेका हुन् ।  यस चलचित्रको ५० प्रतिशत  भरतपुरको चितवनमा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला खर्चिने बताईएको छ । 

चलचित्र ‘आमा’   

चलचित्र ‘आमा’  निर्देशक दिपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार गरिएको चलचित्र हो ।  यो चलचित्र नेपालकै पहिलाे चलचित्र ‘आमा’को नाम सापटी लिएर निर्माण गरिएको हो । 

आमाको महत्व र मायालाई दर्साइएको यस चलचित्रमा आमाको भूमिका मिथिला शर्माले निभाएकी छिन् भने छोरीको भूमिका नायिका सुरक्षा पन्तले निभाएकी छिन् ।  चलचित्रमा मिथिला र सुरक्षासँगै देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतका कलाकारको अभिनय रहेको छ ।   

डिएस डिजिटलको व्यानरमा निर्मित सिनेमामा सुभाष भुसालको संगीत, दीर्घ खड्काको सम्पादन र शर्मिला पाण्डेको लगानी छ। 

चलचित्र प्रदर्शन आउन एकदिन अघिमात्र यस चलचित्रका निर्माण पक्षले चलचित्र ‘आमा’ हेर्न जाँदा आमासँगै गए निःशुल्क चलचित्रलाई हेर्न पाउने भनेर घोषणा समेत गरेका थिए ।  

आजैबाट तीन विदेशी चलचित्र पनि प्रर्दशनमा आएको छ । आजबाट हिन्दी चलचित्र   ‘शुभ मंगल ज्यादा सावधान’ र ‘भूत’ र   हलिउड फिल्म ‘द कल अफ द वाइल्ड’ पनि पनि प्रदर्शनमा आएको हो  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nine =