राजनेता जयललिताको भूमिकामा यस्ती देखिइन् कंगना

फागुन १५, भारत ।  बलिउड अभिनेत्री कंगना रनावत ‘थलाइवी’ फिल्मलाई लिएर चर्चामा छिन् । यो फिल्म तमिलनाडूकी जयललिताको बायोपिक हो । उनी नायिका हुदै मुख्यमन्त्री समेत बनेकी थिइन् । २४ फ्रेबुअरीमा जयललिताको जन्मदिनको अवसरमा उनको राजनीतिमा आएपछीको लुक सार्वजनिक गरिएको छ । 

कंगनाले जयललिता बन्नको लागि ८–१० किलो वजन बढाएकी छन् । यो फिल्मबाट कंगनाको जति पनि लुक्स सार्वजनिक भएको छ, त्यसले चर्चा पाएको छ । हालै सार्वजनिक भएको लुकमा पनि कंगना जयललिता जस्तै देखिएकी छन् । उनले जयललिता जस्तै लुक्स बनाउनका लागि निकै मेहनत पनि गरेकी छिन् । 

एल विजयले निर्देशन गरेको फिल्ममा विष्णु इन्दुरीको लगानी रहेको छ । यो फिल्म २६ जुनमा रिलिज हुनेछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + three =