बिनिता र चन्द्रलाई सञ्जय स्मृति प्रतिष्ठान सम्मान, राष्ट्रिय बक्सिङका लागि अभिनय र झमेन्द्र छनोट

फागुन १५, काठमाडौं ।  राष्ट्रिय भलिबल टिमका पुर्व खेलाडी बिनिता बुढाथोकी र चन्द्र बहादुर कुँवर सञ्जय स्मृति प्रतिष्ठानबाट सम्मानित भएका छन् ।   

बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर प्रतिष्ठानले राष्ट्रिय महिला टिमकी पुर्व कप्तान बुढाथोकी र कुँवरलाई नगद सहित सम्मान गरेको हो । 

बुढाथोकी विभागीय टिम एपीएफ र कुँवर नेपाल पुलिस क्लबमा आबद्ध छन् । 

volleyball samman 1.jpg

राष्ट्रिय टिम र क्लबको माध्यमबाट भलिबल क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै प्रतिष्ठानले दुई खेलाडीलाई सम्मान गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रतिष्ठान अध्यक्ष निरोज मास्केले दुवै खेलाडीलाई जनही ३० हजार रुपैयाँ सहित सम्मान गरेका थिए । 

प्रतिष्ठानले प्रत्येक दुई बर्षमा भलिबल खेलाडीलाई सम्मान गर्दै आएको छ । अघिल्लो संस्करणमा प्रतिष्ठानले मन्जु गुरुङ र सञ्जय अर्याललाई सम्मान गरेको थियो । 

कार्यक्रममा बोल्दै राखेप सदस्य सचिव रमेशकुमार सिलवालले प्रतिष्ठानले खेलकुद र समाजिक कार्यमा गर्दै आएको सहयोगको प्रशंसा गरेका थिए। उनले यसप्रकारको सम्मान कार्यक्रम तथा सहयोगलाई निरन्तरता दिन समेत प्रतिष्ठानलाई अनुरोध गरे ।   

प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले खेलकुदमा गर्दै आएको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए । उनले भलिबलको विकासमा प्रतिष्ठानले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । 

प्रतिष्ठानले एआईपीएस स्पोर्ट्स मिडिया अवार्ड विजेता नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्वल ओलीलाई सम्मान गरेको थियो ।   

कार्यक्रममा १३ औ दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत पदक विजेता राष्ट्रिय महिला भलिबल टिम र सागमा सहभागी राष्ट्रिय पुरुष भलिबल टिमलाई प्रतिष्ठानका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । 

अभिनय र झमेन्द्र छनोट 

फागुन १५, काठमाडौं । झापाका अभिनय राई र झापाकै झमेन्द्र राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि छनोट भएका छन् ।   

प्रतियोगिताअन्तर्गत बिहीबारबाट विराटनगरमा सुरु प्रदेश १ स्तरीय छनोट प्रतियोगिताको पुरुष ४९ केजी फाइनलमा झमेन्द्रले उदयपुरका लक्ष्मण राई पराजित गरे । अभिनयले सुनसरीका संगम राई पराजित गर्दै छनोट हुन सफल भए । 

यसैगरी पुरुष ५२ केजी तौल समूहमा झापाका भुगाल लिम्बू र मोरङका यानव थुलुङ राई फाइनलमा पुगेका छन् । पुरुष ५२ केजीमा भुगालले सुनसरीका मिकेम लिम्बू र यानवले उदयपुरका कपिल राईलाई पराजित गर्दै फाइनलमा स्थान बनाए । 

यसैगरी पुरुष ५६ केजी तौल समूहमा सुनसरीका शिवम् राई र झापाका सुरेन्द्र राईले फाइनलमा स्थान बनाए । शिवम्ले उदयपुरका वसन्त राई र सुरेन्द्रले मोरङका अजय बस्नेतलाई सेमिफाइनलमा पराजित गरे ।   

पुरुषकै ६० केजीमा झापाका तोविन प्रधानले फाइनलमा स्थान बनाए । उनले सोविन्द्र धरेवालाई पराजित गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *