१७ महिना पछि क्यान्सर अस्पतालको समितिले पायो पुर्णता

फागुन १३, चितवन ।  बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिले पुर्णता पाएको छ । १७ महिना देखि रिक्त रहेको पदमा सोमबार बसेको मन्त्रीपरिसद बैठकले ६ जनालाई नियुक्त गरेसंगै सञ्चालक समितिले पुर्णता पाएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको प्रस्तावमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा.कैलाश भण्डारी, डा.रक्षा श्रेष्ठ, डा.विनय ठाकुर, डा सुनन्दा सुन्दास, रामप्रसाद न्यौपाने र निशा अधिकारी रहेका छन् । 

क्यान्सर अस्पताल ऐन, २०५३ अनुसार ५ पदेन सदस्य सहित १४ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था छ । तर, २०७५ असोज महिना देखि सञ्चालन समितिले पुर्णता पाउन सकेको थिएन । मन्त्रिमण्डलको क्याविनेटले क्यान्सर अस्पतालको सञ्चालक समितिमा अध्यक्ष सहित ७ जनालाई चयन गर्दछ । यस्तै अस्पतालमा कार्यरत चिकित्सकमध्येबाट एकजना महिला रहने गरी दुई जनालाई सञ्चालक समितिमा मनोनयन गर्ने व्यवस्था छ । 

यसअघि सरकारले १६ महिनापछि डाक्टर निर्मल लामिछानेलाई अस्पताल समितिको अध्यक्षमा चयन गरेको थियो । त्यस्तै, सञ्चालक समितिको बोर्ड बैठकले अस्पतालमा कार्यरत डाक्टर सुर्य श्रेष्ठ र डाक्टर सविना श्रेष्ठलाई सञ्चालक समितिको सदस्यमा मनोनित गरेको थियो । लामो समयसम्म अध्यक्ष विहिन बनेको अस्पतालको अध्यक्षता भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले गर्ने गरेकी थिईन् । 

अस्पताल ऐन अनुसार, मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेको वा मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी स्वास्थ्य क्षेत्रमा कम्तीमा बीस वर्षको अनुभवप्राप्त वरिष्ठ चिकित्सकहरूमध्येबाट एक जनालाई नेपाल सरकारले अध्यक्षमा नियुक्त गर्ने व्यवस्था गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =