गाडीको ठक्करबाट श्रेष्ठको मृत्यु भएपछी बिपी राजमार्ग अवरुद्ध, यात्रु परे बिचल्लीमा

फागुन १२, सिन्धुली । सोमबार बिहान गाडीको ठक्करबाट ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएपछी बिपी राजमार्ग अवरुद्ध भएको छ ।   

आज बिहान बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा  गाडीको ठक्करबाट श्रेष्ठको मृत्यु भएपछी आक्रोशित स्थानियवासीले बिभिन्न माग राख्दै राजमार्ग अवरुद्ध गरेको हाे ।  

श्रेष्ठलाई ठक्कर दिएर फरार रहेका गाडी चालकलाई पत्ता लगाई आवश्यक कानुनी कारवाही गर्नुपर्ने स्थानियबासीको माग रहेको छ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ठक्कर दिने गाडी चालकको खोजीकार्य भईरहेको  र अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास जारी छ ।   

Image result for बिपी राजमार्ग अवरुद्ध

यसरी राजजमार्ग अवरुद्ध भएपछि बिपी राजमार्ग तथा मध्यपहाडी लोकमार्गहुँदै काठमाडौं र काठमाडौँदेखि अन्यत्र हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =