विश्व क्यान्सर दिवस : ‘म हुँ र म गर्न सक्छु’
२०७६ माघ २१ गते

माघ २१, काठमाडौं । आज विश्व क्यान्सर दिवस । ‘म हुँ र म गर्न सक्छु’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
हरेकवर्ष लाखौं मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतूले फेब्रुअरि ४ मा क्यान्सर दिवस मनाईदै आइएको छ ।
नेपालमा अझै ९० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा अस्पताल जाने गरेकाले क्यान्सरबाट हुने मृत्युदर बढेको चिकित्सकहरु बताउँछन् । विकसित देशमा हुने मृत्युमध्ये क्यान्सर दोस्रो र विकासशिल देशमा तेश्रो स्थानमा आउँछ । विकासशिल देशमा करीब ७० प्रतिशतको मत्यु क्यान्सरका कारण हुने गरेको तथ्याङ्क छ ।

२०७६ माघ २१ गते
प्रतिक्रिया
सम्बन्धित








