कालिकाले लिफ्टसहित ११ करोडको भवन बनाउँदै

फागुन १३, काठमाडाैँ । चितवनको कालिका नगरपालिकाले अग्निनियन्त्रण पूर्ण व्यवस्थापनसहितको अत्याधुनिक भवन निर्माण गर्न लागेको छ । करिब ११ करोड लागतमा कार्यालय भवन निर्माण गर्न लागिएको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ गोपीले जानकारी दिए । 

 पाँच तल्ले भवनमा लिफ्टको समेत व्यवस्था रहने उनले बताए । सो भवनमा विषयगत शाखासहित नगर सभा आयोजना गर्ने हल समेत निर्माण हुनेछ । निर्माणको जिम्मा पाएको रविना कन्स्ट्रक्सनले आगामी डेढ वर्ष भित्र काम सक्ने लक्ष्य राखिएको नगरपालिकाको सडक तथा अन्य पूर्वाधार शाखा प्रमुख इन्जिनियर राजेश कोईरालाले बताए ।  

कोईरालाका अनुसार भवनमा अग्नि नियन्त्रणको समेत पूर्ण व्यवस्था हुनेछ । 

 सोमबारनै कालिका नगरपालिकाको जुटपानीमा निर्माण गरिएको प्रहरी चौकीको उद्घाटन गरिएको छ । एघार कोठे सो भवन निर्माणका लागि एक करोड ५३ लाख रुपैयाँ खर्च भएको छ । सो भवनमा कार्यालयसहित थुनुवा कक्ष समेत रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *