धुर्मुसको ‘सेन्टी भाइरस’को प्रोमोशनल गीतको छायाँकन निर्माणाधिन रंगशालामा

माघ २९, काठमाडौँ । कलाकार कुन्जना घिमिरे–सिताराम कट्टेल (धुर्मुस–सुन्तली) द्वारा अभिनित चलचित्र सेन्टी भाइरस’को प्रमोशनल गीतको छायाँकन सकिएको छ ।   

‘पार्टी जिताइदे’ बोलको रहेको उक्त गीतको छायाँकन  मंगलबार चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा सम्पन्न गरिएको हो ।   

गीतको भिडियोमा  कुन्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन विक्रम राई लगायत कलाकार फिचर्ड गरिएको छ ।  दीपक आचार्य ‘काकु’ निर्देशित भिडियोमा राजनीतिक पार्टीको प्रचार र दुई पार्टीको झै(झगडा समावेश गरिएको छ । 

२ करोडको लागतमा बनेको यस चलचित्रमा सिताराम, कुन्जना (धुर्मुस–सुन्तली) सँगै दयाहाङ राई, बुद्धि तमाङको पनि मुख्य भूमिका रहेको छ ।  ‘सुविहानी फिल्मस्’को व्यानारमा धुर्मुस(सुन्तलीले निर्माण गरेको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । 

दीपक आचार्य र कुमार कट्टेलले लेखेको यस चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी रहेको छ ।  चलचित्रको आम्दानीबाट ५० प्रतिशत नाफा चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताईएको यस चलचित्रको  प्रदर्शन मिति भने  फागुन ९ गने तोकिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *