चितवनमा रंगशाला निर्माणका लागि सुरु भयो महायज्ञ

माघ १९, चितवन । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन आइतबारदेखि धनधान्याचल महोत्सव सुरु भएको छ । महोत्सवको मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित २२ जना राष्ट्रिय खेलाडीहरुले सयुक्त रुपमा उद्घाटन गरे ।  

महायज्ञ महोत्सव मुल समितिका संयोजक प्रदेश सभा सांसद विजय सुवेदीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधी सभा सदस्य कृष्णभक्त पोखरेल, राष्ट्रिय सभा सदस्य पार्वती रावल, जिल्लाका राजनितिक दलका प्रमुखहरु, महानगर प्रमुख लगायत हजारौको सहभागीता रहेको थियो ।  

शोभायात्रामा चितवनका विभिन्न क्षेत्रबाट मानिसहरु स्वतस्फूर्त सहभागी भएका थिए । महायज्ञ महोत्सवबाट ५० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । माघ २६ गतेसम्म चल्ने महायज्ञमा पण्डित दिनवन्धु पोखरेल प्रमुख वाचक छन् ।  

रामपुरमा करिब २० विगाहा जग्गामा झन्डै अर्वको लागतमा गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न लागिएको हो । पछिल्लो समय रंगशाला निर्माणका लागि चितवन जिल्लावाहेक अन्य जिल्लाबाट पनि सहयोग जुट्ने क्रम बढ्दै गएको छ । धुर्मुस सुन्तली फाउण्डेसनले रंगशाला निर्माणको नेतृत्व लिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *