बक्सिङ टोली जोर्डन प्रस्थान

फागुन १७, काठमाडौं ।  टोकिया ओलम्पिक– २०२० अन्तर्गत एयिसन÷ओसिएनियन क्षेत्रको छनोट प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार जोर्डनको अमान प्रस्थान गरेको छ । 

मार्च ३ देखि ११ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६३ केजीमा सनिल शाही तथा महिला ५७ केजीमा मिनु गुरुङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । प्रशिक्षकमा बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगर तथा विदेशी प्रशिक्षक अलिशेर राखिमोभ रहेका छन् । 

यसअघि उक्त छनोट प्रतियोगिता फेब्रुअरी ३ देखि १४ तारिखसम्म चीनको वुहानमा हुने भनिएको थियो । कोरोना भाइरसका कारण प्रतियोगितालाई जोर्डनमा सारिएको नेपाल बक्सिङ संघले जनाएको छ । 

1.JPG

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे । 

आरतीलाई स्वर्ण   

प्रभातकी आरती सुवालले चौथो आरुणी कप उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको यु–१६ गर्ल्स  सिंगल्समा शनिबार स्वर्ण जितेकी छन् । 

आरुणी स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा आरतीले प्रभातकै कृतिका तामाङलाई ११–६, १२–१० र ११–७ को सोझो सेटमा पराजित गरिन् । यु–१४ गर्ल्स सिंगल्समा प्रोक्सिमा इन्टरनेसनल एकेडेमीकी दिया देउला प्रथम भइन् । दियाले फाइनलमा ब्लु बर्डकी सतिष्मा थापालाई ११–५, ११–५ र १६–१४ को सीधा सेटमा हराइन् । 

यु–१२ गल्र्स सिंगल्स फाइनलमा प्रभातकी क्यारिना सुवालले आयोजक आरुणीकी स्नेहा बस्नेतलाई ११–७, ११–३ र ११–७ को सोझो सेटमा पाखा लगाउदै स्वर्ण जितिन् । यु–१० गल्र्स सिंगल्समा युलेन्सकी शुभश्री श्रेष्ठले बाजी  मारिन् । फाइनलमा शुभश्रीले प्रोक्सिमाकी नर्मदा खाइतुलाई सोझो सेटमा ११–७, ११–३ र ११–८ ले पन्छाइन् । 

प्रतियोगितामा विभिन्न ३२ विद्यालयका ३ सय १६ खेलाडीको सहभागिता रहेको आरुणीका प्रिन्सिपल हिक्मत दाहालले जनाएका छन् । ब्वाइज÷गर्ल्समा विभिन्न १० स्पर्धा समावेश प्रतियोगिता आइतबार सम्पन्न हुने छ । 

रोयल सेमिफाइनलमा 

आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । 

ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले बूढानीकलकण्ठ बास्केटबल क्याम्प (बीबीसी) लाई ६१–४७ ले पराजित ग¥यो । जितसंगै रोयल समूह ‘बी’ को विजेता बन्यो । रोयलका निकेश मगरले २४ अंक जोडे । 

आइतबार कास्की र सोलो बास्केटबल नेपालबीचको खेलले समूह ‘बी’ को उपविजेता टुंगो लगाउने छ । समूह ‘ए’ बाट टाइम्स इन्टरनेसनल विजेता र गोल्डेनगेट इन्टरनेसनल उपविजेता हुँदै सेमिफाइनलमा पुगिसकेका  छन् । 

पहिलो क्वाटरमा १३–११ ले अगाडि बढेको रोयल दोश्रोमा १४–१५ ले पछि प¥यो । रोयलले तेश्रोमा १३–९ र चौथोमा २१–११ को अग्रता लिदै सेमिफाइनलमा स्थान सुनिश्चित ग¥यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =