‘५५ वर्ष माथिका १० हजार बढी व्यक्ति चाहन्छन् इच्छा मृत्यु’

माघ १९, काठमाडौं । नेदरल्याण्डमा ५५ वर्ष माथिका १० हजार १ सय ५६ व्यक्ति इच्छा मृत्यु चाहन्छन् । नेदरल्याण्डका स्वास्थ्यमन्त्री र सांसद क्रिस्चियन डेमोक्रेट ह्यूगो डि जोंगले यसबारे शुक्रबार सदनमा जानकारी दिएका हुन् । 

ती दुईले एक रिपोर्टको हवाला दिँदै ती व्यक्तिले आफ्नो जीवनलाई आफैंले समाप्त गर्ने सजिलो उपायमाथि विचार गरिरहेको बारे  जानकारी दिए । गम्भीर रुपमा बिरामी भएर मर्नुको साटो उनीहरुले सहज विकल्प खोजेको उक्त रिपोर्टमा बताइएको छ । उक्त रिपोर्टलाई भ्यान विजगार्डेन कमिशनले तयार गरेको हो । 

जोंगका अनुसार यो सरकार र समाजका लागि ठूलो सामाजिक मुद्दा भएको र यो देश, सरकार र समाजका लागि ठिक नभएको बताएका छन् । उनले भने, ‘हामीले तत्काल यो ठूलो र गम्भीर सामाजिक मुद्दामा तर्कसंगत निर्णय लिनुपर्छ । कुनै परिस्थितीवश निराश भइसकेका यस्ता व्यक्तिको मद्दत गरेर उनीहरुलाई बाँच्नका लागि प्रेरित गर्नुपर्छ । यसबाहेक, सरकारले ७५ वर्ष माथिका व्यक्तिका लागि इच्छा मृत्यु दिनेबारे विचार गर्नुपर्छ ।’ 

Image result for वृद्ध

सन् २००१ मा नेदरल्याण्डले इच्छामृत्युमा रोक लगाएको थियो । 

डी ६६ पार्टी र विपक्षकी सांसद पिया डिज्क्स्ट्राले ७५ वर्ष माथिकाले इच्छामृत्युको आवेदन गर्ने सम्बन्धि एक विधेयक पेश गर्ने बताएकी छिन् । उनका अनुसार यसमार्फत् मानिसहरु आफ्नो जीवनको अन्त्य एक गरिमामय तरिकाले गर्न सक्नेछन् । सन् २००१ मा ठूलो संख्यामा इच्छा मृत्यु चाहनेहरुको बढ्दो संख्याका कारण नेदरल्याण्ड सरकारले यसमाथि पूर्ण प्रतिबन्ध लगाएको थियो । यस्तो गर्ने यो पहिलो देश थियो । 

अर्की एक सांसद कार्ला डिक–फेबरले भनिन्, ‘इच्छा मृत्युका लागि अनुसन्धान गर्नु मानिसहरुको मृत्युप्रति सबैभन्दा डरलाग्दो प्रतिक्रिया हुनेछ । 

उनले थपिन्, ‘छिमेकी देश बेल्जियममा तीन डाक्टरले मानसिक रुपले विक्षिप्त व्यक्तिका लागि गैर कानूनी तरिकाले इच्छा मृत्यु दिएका थिए । 

सन् २०१० मा दुई डाक्टरले बिरामीलाई लेथल इन्जेक्सन दिएर मारेको घटना पनि उनीहरुले उठान गरेका थिए । यद्यपि, बेल्जियममा सन् २००२ पछि इच्छा मृत्यु दिने कानून छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *