ग्यारेज धनीसँगै भारत पुगेका नेपाली युवकको गोली हानी हत्या

फागुन १, काठमाडौँ । भारतमा एक २२ वर्षिय नेपाली युवाको अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।  कामको सिलसिलामा भारतको झन्झारपुर गएर स्कार्पियोमार्फत फर्कँदै गर्दा सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खड्गपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको गोली हानी हत्या गरिएकाे हाे ।   

बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजका काम गर्दै आएका यादव ग्यासरेजको कामको सिलसिलामा भारत गएर  ग्यारेज धनी सत्येन्द्र यादव पनि सँगै फर्कँदै  गर्दा मोटरसाइकलमा सवार ती अज्ञात समूहले उनीमाथी गोली प्रहार गरेको जानकारीमा आएको छ । 

सप्तरीका एसपी कृष्ण प्रसाईका अनुसार भारतीय प्रहरीसँग समन्वय गरेर घटनाबारे बुझ्ने कोसिस भइरहेको छ । उनले भने, ‘गोली चलेको हल्ला छ । एक युवकको मृत्यु भएको भन्ने खबर आएको छ । यद्यपी घटनाको विस्तृत विवरण आइसकेको छैन् ।’ 

Image result for गोली हानी हत्या

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =