दैनिक फर्सी खाऊँ, बुढ्यौली भगाऊँ

माघ २६, काठमाडौँ । फर्सीमा ९० प्रतिशत पानी हुन्छ । यसलाई फलको श्रेणीमा समेत राखिन्छ । यो शरीरका लागि अत्यावश्यक फाइटोन्युट्रिन्टसको प्रमुख प्राकृतिक स्रोतमध्ये एक हो । 

यसको नियमित उपयोगले उमेरको प्रक्रियालाई समेत मत्थर गर्ने मानिन्छ । 

आहार विशेषज्ञहरूका अनुसार फर्सी हृदयरोगीका लागि अत्यन्त लाभप्रद छ । यो कोलेस्ट्रोल कम गर्ने, चिसो बनाउने र मूत्रबर्धक मानिन्छ ।   

Image result for फर्सी

यसमा प्रचुर मात्रामा रेसा ९फाइबर० पाइन्छ । त्यसैले पेटको गडबडीमा समेत फर्सी फाइदाजनक छ ।   

फर्सीले चिनीको मात्रालाई नियन्त्रण गर्छ । यसले प्यांक्रियाज अग्न्यासयलाई समेत सक्रिय पार्छ । 

यसैले चिकित्सक मधुमेहका रोगीलाई फर्सी खाने सल्लाह दिन्छन् । फर्सीको रससमेत फाइदाजनक मानिन्छ । कान्तिपुर दैनिकबाट  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *