राकममा एकसय शैयाको अस्पताल निर्माण हुने

फागुन १२, दैलेख । दैलेखको आठबीस नगरपालिकास्थित राकममा एकसय शैयाको अस्पताल निर्माण गरिने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठबीस नगरपालिकाबीच ‘ट्रमा सेन्टर’सहितको एकसय शैयाको अस्पताल निर्माण सम्बन्धी सम्झौता भएको हो ।   

सम्झौतामा अस्पतालको भौतिक संरचना निर्माण तथा सेवा सञ्चालन गर्न नगरपालिका र प्रतिष्ठानबिच समन्वयन र सहकार्य हुनुपर्ने उल्लेख छ । अस्पताल निर्माण सम्बन्धी सम्झौता पत्रमा नगरप्रमुख खड्गराज उपाध्याय र प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले हस्ताक्षर गरेका छन् ।   

नगरप्रमुख उपाध्यायका अनुसार द्विपक्षीय सम्बन्ध विस्तार गर्दै स्वास्थ्य सेवा प्रदान गर्न सहकार्य गर्ने, प्रदेश तथा संघीय सरकारसँग समन्वयन गरी दुई पक्षले अस्पताल निर्माण र सञ्चालन गर्ने उद्देश्यका साथ सहकार्य भएको हो । तत्काल सेवा सञ्चालन गर्न एक्सरे मेसिन, ल्याव लगायतका सामग्री तथा चिकित्सक फिल्ड भत्ताको व्यवस्था नगरपालिकाले गर्नेछ । प्रतिष्ठानले चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने निर्दशक गोसाईले जानकारी दिए । 

अस्पतालका लागि नगरपालिकाले १०५ रोपनी जग्गा उपलब्ध गराएको छ । साथै विस्तृत परियोजना प्रतिवेदन तयारी समेत सुरु गरिसकेको छ । अस्पतालले अछाम, दैलेख, कालिकोटलगायत जिल्लाका नागरिक प्रत्यक्षरूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।   

प्रतिष्ठानले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र एमडीजीपी तहका पठन पाठन गर्न आवश्यक भौतिक एवं जनशक्ति तयार गरिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *