धरानमा फोहोर फाल्न डस्टविन

फागुन ६, धरान । डस्टविनमा फोहर फाल्ने बानी बसाल्न धरान वडा नं. १५ मा आइतबार एक संस्थाले ४० वटा डष्टबिन वितरण गरेको छ । वडाका विभिन्न स्थानमा राख्नका लागि मानवता बचाउ नेपाल धरानले पहिलो वार्षिकोत्सवको अवसरमा डस्टविन वितरण गरेको हो । 

डष्टविन वितरण कार्यक्रममा प्रमुख अतिथि वडा नं। १५ का अध्यक्ष नरेशकुमार इङवारम थिए । उनले वडा लाई जथाभावी फोहोर फाल्ने प्रवृत्तिबाट मुक्त गराउन डष्टविन अपरिहार्य भएको बताए । उनले वडाको सामाजिक कार्यमा सक्रिय रहेको संस्था मानवता वचाउसँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।   

बालबालिका, वृद्धवृद्धा, असहायका लागि कल्याणकारी कार्य साथै वातावरणिय क्षेत्रमा काम गर्दै आएको संस्थाका अध्यक्ष सोनाहाङ राईले बताए । उनले विभिन्न व्यक्ति तथा संस्थागत सहयोग संकलन गरी पहिलो चरणमा ४० वटा डस्टविन वितरण गरीएको जानकारी दिँदै आफुहरुले १५० वटा डस्टविन वितरण गर्ने लक्ष्य राखेको जनाए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =