लियोनेल मेसी र हामिल्टनले जिते वर्ल्ड स्पोर्टसम्यान अवार्ड

फागुन ६, काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी र फर्मुला वान स्टार लेविस हामिल्टनले बर्षको लाउरेउस वर्ल्ड स्पोर्टसम्यान अवार्ड जितेका छन् । सोमबार घोषणा गरिएको सो अवार्डमा मेसी र हामिल्टन संयुक्त विजेता बनेका हुन् । 

पुर्व खेलकुद लिजेण्डहरुको समुहले गरेको मतदानमा दुवैले बराबरी भोट पाएको बताइएको छ । मेसीले गत बर्ष बार्सिलोनालाई २६औ ला लिगा उपाधि जिताउन महत्वपूर्ण भूमिका खेल्दै ३४ खेलमा ३६ गोल गरेका थिए । त्यस्तै मेसीले कीर्तिमानी छैठौ बेलुन डो अर जितेका थिए । 

त्यस्तै मर्सिडिज ड्राइभर हामिल्टन २०१९ मा छैठौ पटक एफ वान विश्व च्याम्पियन बने । उनी माइकल सुमाकरपछि धेरै फर्मुला वान विश्व च्याम्पियन जित्ने दोस्रो खेलाडी हुन् ।   

अवार्ड समारोहमा हामिल्टन स्वयं उपस्थित भएका थिए भने मेसीले भ्वाइस संदेश पठाएका थिए । सन्देशमा मेसीले अवार्ड पाएकोमा खुशी व्यक्त गर्दै व्यक्तिगत अवार्डमा पहिलो पटक समुह स्पोर्ट्सबाट आफुले पाएकोमा धन्यवाद व्यक्त गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *