आजबाट च्याम्पियन्स लिगका अन्तिम १६ का खेल हुँदै, बार्सिलोनाको कहिले ?

फागुन ६, काठमाडौं । युरोपकै प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगका अन्तिम छनौट खेलहरु आजबाट हुँदैछन् । लिग फुटबल खेलबाट विश्राम लिएर युरोपियन फुटबल टीमहरु च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा फर्किएका छन् ।
आज राती लिगमा दुई खेल मात्र हुनेछन् । आज स्पेनिस एथ्लेटिको मड्रिड र साविक विजेता इङलिस क्लब लिभरपुलविच पहिलो खेल एथ्लेटिकोको घरेलु मैदानमा हुनेछ । दोस्रो खेल जर्मन क्लब बोरुसिया डर्टमुण्ड र फ्रेन्च क्लब पिएसजी विचको खेल डर्टमुण्डको घरेलु मैदानमा हुनेछ । अरु दुई खेलहरु भने अर्को दिन हुनेछन् ।
त्यसपछि पुनः एक साताको विश्राम हुनेछ ।

बार्सिलोनाले लिगको अन्तिम १६ को पहिलो खेल इटालियन नापोलीसँग खेल्नेछ । अर्को साता हुने यो खेलपनि निक्कै प्रतिक्षित खेल हो । ला लिगामा अहिले बार्सिलोना दोस्रो स्थानमा छ । भने, च्याम्पियन्स लिगमा समुह चरणको खेलमा शिर्ष स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाएको थियो ।
आजको पहिलो खेल एथ्लेटिको र लिभरपुलविच राती १ः४५ मा हुनेछ । दोस्रो खेल डर्टमुण्ड र पिएसजीबीच पनि साेही समयमा हुनेछ ।
यसपटक च्याम्पियन्स लिगको उपाधिको दौडमा साविक विजेता लिभरपुल, स्पेनिस क्लब बार्सिलोना, इटालियन क्लब युभेन्टस, जर्मन क्लब डर्टमुण्ड, बार्यन म्युनिखलाई प्रमुख दावेदार मानिएको छ ।








