४४ वर्षको उमेरमा दोस्रो पटक आमा बनिन् बलिउड शिल्पा

  

फागुन ९, काठमाडाैँ  । बलिउड नायिका तथा फिटनेश आइकन शिल्पा शेट्टी ४४ वर्षको उमेरमा दोस्रो पटक आमा बनेकी छिन् । नायिका शिल्पा छोरीकी आमा बनेकी हुन् ।   

बच्चाको जन्म १५ फेब्रअरीमा भएपनी  शिल्पा शेट्टी र उनका श्रीमान राज कुंद्राले  बच्चाको जन्म भएको खबर  महाशिवरात्रिको दिन मात्र सार्वजनिक गरेका हुन् । 

Image result for silpa setty

यसअघि  छोरा विवान कुंन्द्रालाई जन्म दिएकी शिल्पाले सरोगेसीको माध्यमबाट छोरीलाई जन्म दिएकी हुन् । उनले आफ्नो छोरीको नाम समिशा शेट्टी कुन्द्रा राखेकाे जानकारी गराएकी छिन् । 

शिल्पाले सामाजिक संजाल  इन्स्टाग्राममा छोरीले औंला समाति रहेको  तस्बिर सार्वजनिक गरेर आफूले छोरीलाई जन्म दिएको जानकारी गराएकी हुन् ।   

उनले इन्स्टाग्राममा छोरीको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘ओम श्री गणेशाय नमः, हाम्रो प्रार्थनाको जवाफ एक चमत्कारको साथमा भेटायौं । हामीले आफ्नो सानी छोरी समिषा शेट्टी कुंद्राको जन्मको घोषणा गर्दा निकै रोमान्चित छौं ।’ 

उक्त तस्वीर सार्वजनिक भएसँगै शिल्पालाई बधाई दिनेहरुको ओईरो लागेको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =