आइसीसी विश्वकप क्रिकेट लिग टू : ओमानद्वारा अमेरिका पराजित

माघ २३, काठमाडौं । आइसीसी विश्वकप लिग टू अन्तरगत बिहीबार अमेरिका र ओमानबीचको खेलमा अमेरिका पराजित भएको छ । योसँग ओमानले लगातार दोश्रो जित हात पारेको छ ।   

टियु क्रिकेट मैदानमा भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । आजको जितसँगै ओमान अंक तालिकाको आधारमा दोस्रो स्थानमा यथावत नै छ। 

८ खेलमा ६ मा जित र २ मा हार व्यहोरेको ओमानको १२ अंक छ। १ खेल बढी खेलेको अमेरिका ६ खेलमा जित ३ मा हार भोग्दै शीर्ष स्थान यथावत् छ। त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई घरेलु मैदानमा १८ रनले हराएको थियो। नेपालले दोस्रो खेलमा शनिबार अमेरिकाको सामना गर्नेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =