राष्ट्रिय बीमा संस्थानको ५३औं वार्षिकोत्सव सम्पन्न, विद्यार्थी लक्षित बीमा कार्यक्रम ल्याइने

फागुन १२, काठमाडौं । राष्ट्रिय बीमा संस्थानको ५३ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । अर्थमन्त्री युवराज खतिवडाको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव कार्यक्रममा सम्पन भएको हो । 

सो अवसरमा बोल्दै अर्थमन्त्री एवम् सूचना तथा प्रविधिमन्त्री खतिवडाले बीमा क्षेत्रको जेठो संस्थाको नाताले बीमा संस्थानले काम गर्न सक्छ भन्नेमा आफू विश्वस्त रहेको बताए । ‘नेपालमा एक मात्र पूनर्बीमा छ त्यसले पुग्ने कि नपुग्ने भन्नेमा तपाईहरुको धारणा हामी सुन्न तयार छौँ तर पूनर्बीमाले काम गरेको छैन भन्ने मेरो धारणा होइन,’ उनले भने । 

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाइले सरकारी स्वामीत्वको एक मात्र संस्थान भएकाले बीमा संस्थानले गति लिने ठाउँ रहेको बताए । ‘४ वर्षको कार्यकाल अवधिमा केही कुरा मलाई सुधार भएको महशुस भएपनि गर्न बाँकीपनि धेरै छन्,’ उनले भने, ‘नेपालको आफ्नै बीमांकी नहुनुले भारतिय बींमाकीको भर पर्नु परेको छ ।’ 

बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले २२ प्रतिशत जनतामा बीमाको पहुँच पुगिसेको बताउँदै हरेक स्थानीय तहमा पुग्ने लक्ष्य लिएको जानकारी दिए । साथै विद्यार्थी लक्षित बीमा कार्यक्रममा अघि बढाउने तयारी रहेको समेत उनले बताए ।   

बीमा संस्थानले वर्ष भरी सबै भन्दा धेरै बीमा शुल्क संकलन गर्ने सफल अभिकर्तालाई सम्मान तथा प्रमाण पत्र समेत वितरण गरेको थियो । 

अर्थमन्त्री खतिवडा प्रमुख अतिथि रहेको कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाई विषेश अतिथि तथा जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डे र संस्थानका प्रकाशक कविप्रसाद पाठक अतिथी रहेका थिए । कार्यक्रम बीमा संस्थानका अध्यक्ष गंगाराम कडेंलले सभापतित्वमा सम्पन्न भएको हो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *