ज्यान मार्ने उद्योगमा फरार अभियुक्त कोटेश्वरबाट पक्राउ

 फागुन ७, काठमाडौँ । बुधबार ज्यान मार्ने उद्योगमा फरार रहेका एक अभियुक्त कोटेश्वरको जडीबुटीबाट पक्राउ परेका छन् ।   

महानगरीय अपराध अनुसन्धान महाशाखा अनुसार  सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ बोल्देका पासलाल तामाङलाई पक्राउ गरिएको हो ।   

काठमाडौंको जोरपाटीमा बस्दै आएका तामाङलाई बलेफी हाइड्रोपावरमा काम गर्ने ठेकदार लगायत अन्य व्यक्तिहरुलाई हातहतियार देखाएर ज्यान मार्ने धम्की दिएको र महिलालाई समेत अभद्र व्यवहार गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।   

Image result for पक्राउ

पक्राउ परेका तामाङ यस अघी  कर्तव्य ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेलमा सजाय  पाईसकेका व्यक्ति हुन् भने उनलाई  सिन्धुपाल्चोकमा ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रहेकोमा  फरार सूचीका राखिएको छ ।   

प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार तामाङलाई अहिले कारबाहीका लागि महानगरी प्रहरी परिसर काठमाडौँ लगिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + ten =