ए डिभिजन लिग : त्रिभुवन र मछिन्द्र भिड्दै, कसले जित्ला उपाधि ?

फागुन ३, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको उपाधिका लागि विभागीय त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् । 

गत मंसिर २७ गतेबाट सुरु भएको लिगको अन्तिम खेलमा शनिबार दुई टोली भिड्न लागेका हुन् । दशरथ रगंशालामा दिउँसो साढे १ बजे हुने सुरु हुनेछ । 

लिगले आज नयाँ क्लबलाई च्याम्पियनको रुपमा पाउन लागेको हो । दुवै टिमले अहिलेसम्म घरेलु लिगको उपाधि जित्न सकेका छैनन् । लिगमा आर्मी र दोस्रो स्थानको मछिन्द्र अन्तिम खेल जित्दै उपाधि जित्ने दाउमा छन् । लिगको अन्तिम खेल बाँकी रहदा मछिन्द्र आर्मी भन्दा एक अंकले पछि रहेको छ । 

शनिबारको खेलमा आर्मीले उपाधि जित्न बराबरी मात्र गरे पुग्नेछ भने मछिन्द्रले जित्नैपर्ने दबाब छ । बराबर र हारले मछिन्द्र च्याम्पियन बन्ने छैन । आर्मीको २९ अंक रहदा मछिन्द्रको २८ अंक रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *