सनी बने ‘इन्डियन आइडल’को बिजेता

फागुन १२, काठमाडौँ । भारतको चर्चित रियालिटी शो इन्डियन आइडल सिजन ११ को बिजेता सनी हिन्दुस्तानी घोषित भएका छन् ।   

आइतबार राति भएको फिनालेमा फाईनलमा पुगका ४ जना प्रतिस्पर्धीलाई उछिन्दै उनी भोटिङको आधारमा बिजयी घोषित भएका हुन् ।   

अक्टुबर महिनाबाट सुरु भएको यस रियालिटी शो करिब  ५ महिना सम्म चलेको थियो । सनी बिजेता घोषित भएसँगै उनले  २५ लाख रुपैयाँ नगद पुरस्कार, नयाँ कार पाउनुको साथै, टी–सिरिजको नयाँ चलचित्रमा गीत गाउँने अवसर समेत पाएका छन् । 

Image result for सनी बने ‘इन्डियन आइडल’को बिजेता

निकै गरिब परिवारका सनीले  इन्डियन आइडल बन्नुअघि नै दुई वटा फिल्ममा गीत गाइसकेका छन् । उनी १४ वर्षका हुँदा बाबुको मृत्युपछि आमाले उनलाइ निकै दुःखका साथ हुर्काएकी थिइन् । 

यस रियालिटी शोको सेकेन्ड रनरअप भने रोहित राउत भएका छन्  । उनले पुरस्कार स्वरुप नगद ५ लाख पाएका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =