२१ वर्ष अघि सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ
२०७६ फागुन ११ गते

फागुन ११, काठमाडौं । प्रहरीले २१ वर्ष अघि सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलिले प्रहरीले २१ वर्ष अघि सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले चन्द्रागिरि नगरपालिका वडा नं २ बाँडभन्ज्याङ बस्ने गोविन्द लामालाई पक्राउ गरेको पुष्टि गरे ।

थानकोट बृत्तका प्रमुख श्रेष्ठका अनुसार निज लामा सवारी ज्यान मुद्दामा फरार प्रतिवादी हुन र लामालाई जिल्ला अदालत काठमाण्डौबाट मिति २०५५/०८/२० गते ४ महिना २८ दिन कैद सजाँय र दुई हजार जरीवाना तोकिएको थियो ।
२०७६ फागुन ११ गते
प्रतिक्रिया
सम्बन्धित








