क्यान इन्फोटेक भ्रमण गर्नुभयो ? एनसेलले १ रुपैयाँमा सिम दिन्छ !

फागुन ५, काठमाडौं । राजधानीमा जारी क्यान इन्फोटेकमा अवलोकनकर्ताले अफरै अफर पाइरहेका छन् । शुक्रबारदेखि जारी इन्फोटेकमा ग्याजेट्स, मोबाइल, कम्प्युटर, सफ्वेयर, क्यामरा लगायतमा उपभोक्ताले भारी छुट प्राप्त गर्ने अफर राखिएको छ ।  

६ दिनसम्म लाग्ने इन्फोटेकमा एनसेलले एक रुपैयाँमा सिम उपलब्ध गराएको छ । साथै इन्टरनेट प्रदायकले समेत भारी अफर ल्याएको आयोजकले जनाएको छ । आयोजकका अनुसार इन्फोटेकमा मोबाईल, कम्प्यूटरको माउस, ब्लुटुथ, स्पिकर, क्यामेरा स्ट्याण्ड लगायतका उत्पादनमा छुटको व्यवस्था गरिएको छ । बुधबारसम्म चल्ने प्रदर्शनीमा १ सय ७४ वटा स्टल छन् ।  

इन्फोटेकमा खल्तीले थप नयाँ भुक्तानी प्रणाली ल्याएको छ । पहिले खल्ती एपबाट खल्ती एपमा मात्र स्क्यान गरेर भुक्तानी गर्न मिल्दथ्यो भने अबदेखि युनियन पे मा पनि स्क्यान गरेर भुक्तानी गर्न सकिनेछ । 

साथै आइपिएस कनेक्टबाट पनि खल्तीको खातामा ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । खल्तीको फोटो बुथमा तस्बिर खिचेर प्रातियोगितामा सहभागी भइ फिल्मको टिकट जित्न सक्ने अफर पनि छ । 

यसैगरी अफरिङ ह्यापिनेसले नयाँ वेबसाइटको सुरुवातसँगै नयाँ सुविधा र छुटहरु लिएर आएको छ । जन्मदिन र वार्षिक उत्सवजस्ता कार्यक्रम मनाउने उद्देश्यका साथ खोलिएको कम्पनीले इन्फोटेकमा ग्राहकहरुलाई विशेष छुट र सुलभ दरको सुविधा दिइरहेको छ ।  

यता ब्रनडिजिटले पिपल र कन्टेन्डर नामक दुईवटा नयाँ इन एप्प सफ्टवेयर उत्पादन गरेको छ । पिपल सफ्टवेयर भनेको मानव संशाधन व्यवस्थापन सफ्टवेयर हो, जसको मद्दतले कुनै संस्थामा काम गर्ने कर्मचारीको हाजिरी, बिदा, तलवको तथ्याङ्क कमप्युटरमा व्यवस्थापन गर्न सकिन्छ ।  

कन्टेन्डर भनेको ‘ड्रयाग र ड्रप’ आधारित वेब बिल्डर सफ्टवेयर हो । यसको प्रयोगले सजिलै वेबसाइट बनाउन सकिन्छ । यी सफ्टवेयरहरुको खरिदमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।  

यसैगरी क्यान इन्फोटेकमा बच्चाहरुलाई कम्प्युटर कोडिङ सिकाउने नान रोबोटिक्स कम्पयुटिङ प्रालिले एआई, रोबोटिक्स र कोडिङको क्षेत्रमा काम गरिरहेको छ । 

सानै उमेरदेखि बालबालिकालाई प्रबिधी क्षेत्रमा सीप सिकाउन नान रोबोटिक्सले क्यान इन्फोटेकमा सहभागिता जनाएको छ । ६ देखि १२ वर्ष उमेरका ईच्छुक बालबालिकाहरुले प्रोग्रामिङ कोडिङ सिक्न चाहेमा नाम टिपाएमा २० प्रतिशत छुट र एक हजार रुपैयाँको भौचर कम्पनीले दिनेछ । 

यता इन्टरनेट प्रदायक वर्ल्डलिंकले इन्फोटेकमा अवलोकनकर्तालाई प्रत्यक्ष गेमिङको अनुभव गर्न मिल्ने व्यवस्था गरेको छ । कम्पनीले यो वर्ष १० हजार ठाउँमा निःशुल्क ईन्टरनेट सेवा वितरण गर्ने बताएको छ । भने अफर स्वरुप प्रति महिना १२ सय रुपैयाँमा २४ एमबीपीएसको इन्टरनेटसँगै नेट टिभी निःशुल्क दिने योजना ल्याएको छ ।  

निजी क्षेत्रको मोवाइल सेवा कम्पनी एनसेलले क्यान इन्फोटेकका अवलोकनकर्तालाई एक रुपैयाँमै सिम कार्ड वितरण गरिरहेको छ । सिमकार्डको खरिदमा ग्राहकले १० मिनेटको टक टाइम, १० वटा एसएमएस र ३ दिनको लागि २ जीबी डेटा निःशुल्क प्राप्न गर्नेछन् । 

एनसेल एप डाउनलोडको लागि बुथमा निःशुल्क वाईफाई, फोरजी स्पिड टेस्ट जोन जडान गरिएको छ । एनसेलको स्टलबाट १०० रुपैयाँको रिचार्ज गरेमा १५ दिनसम्म बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म भ्वाइस कल गर्दा ५० प्रतिशत छूट पाइने सुविधा पनि छ । यो अफरमा ७ दिनसम्म लागू हुने गरी बिहान ५ देखि बेलुकी ५ बजेसम्म प्रयोग गर्न मिल्ने १ जिबी डेटा प्राप्त गर्न सकिन्छ ।  

यसैगरी ई–ढेवा मोबाइलबाटै पैसा तिर्न मिल्ने एप हो । बिजुलीको बिल, डाक्टर जाँच्ने शुल्क, प्लम्बर, गाडी भाडा, खाजा अर्डर, ट्याक्सी सेवा जस्ता सुविधा रहेको ई–ढेवाको एपमा रकम टपअप गरी सजिलै बिल भुक्तानी गर्न सकिन्छ । पानीको बिल तिर्न, बसको टिकट काट्न र रेमिट्यान्सको सुविधा पनि इ–ढेवामा रहेको छ । 

यसैगरी सुबिसु केबलनेट प्रालिले ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको छ । अफर अन्तर्गत सेवाग्राहीले २५ एमबिपिएस इन्टरनेट र फूलएचडी प्याकेज–२७५ प्लस च्यानल र ९५ प्लस एचडी २६५४ मै प्राप्त पाउने भएका छन् । जसमा जडान शुल्कदेखि डिभाइस एक्टिभेसनको शुल्क समेत समावेश गरिएको छ । इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *