एमसीसी परियोजना : सरकारद्वारा जग्गा अधिग्रहणको सूचना
२०७६ माघ २२ गते

माघ २२, काठमाडौं । सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना निर्माणका लागि जग्गा अधिग्रहणको सूचना प्रकाशन गरेको छ ।
निर्माणाधीन ४ सय केभी विद्युत प्रशारण लाइन आयोजना अन्तरगत जिल्ला प्रशासन कार्यालय नुवाकोटले साविकको रातमाटे गाविस वडा नम्बर ६ र ९ तथा हालको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा रहेको करिब ३ सय ८५ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन गरेको हो ।
साथै सम्बन्धित जग्गाधनीहरुले मुआब्जा बुझ्न आउन पनि उक्त सूचनामा भनिएको छ ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशनसँग भएको सम्झौता बमोजिम सरकारले पूरा गर्नुपर्ने पूर्व शर्त अनुसार रातमाटेको जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन गरेको हो ।
२०७६ माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित








