आयाक्सका जियाच चेल्सी आउने पक्का, ३७ मिलियन पाउन्डमा अनुबन्ध

फागुन २, काठमाडौं । डच क्लब आयाक्स तथा मोरक्कोका मिडफिल्डर हाकिम जियाच ३७ मिलियन पाउन्डमा इंग्लिस क्लब चेल्सी आउने पक्का भएको छ ।   

चेल्सीले ३७ मिलियन पाउन्डमा मिडफिल्डर जियाचलाई क्लबमा अनुबन्ध गर्ने भएको हो । २६ वर्षीय जियाच अनुबन्धको लागि चेल्सी र आयाक्सबीच सहमति भएको छ । 

विन्टर सिजन सकि सकेकाले हाकिम आउने समरमा चेल्सीका खेलाडी हुनेछन् । उनलाई क्लबले आउने जुलाई अर्थात समर ट्रान्सफरमा चेल्सीमा सार्वजनिक गर्नेछन् । सिल्की टच, क्रस र पासिङ गर्न सक्ने खेलाडीको रुपमा परिचित छ । 

जियाचले नेदरल्यान्ड्सको हिरेनभीनबाट सिनियर करीअर शुरूआत गरेका थिए । उनले २०१२ मा युरोपा लिग छनोट चरणको खेलमा डेब्यू गरेका थिए । उनले २०१३-१४ को सिजन ३३ लिग खेलमा नौं गोल गरेका थिए भने नौं गोलमा अवसर सिर्जना गरेका थिए ।  

उनले पहिलो सिजन ११ गोल गरेका थिए भने १६ गोलमा अवसर सिर्जना गरिदिएका थिए । २०१५-१६ सिजन १७ गोल गरे ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *