बिग मार्टको ‘बिग मेला’मा जित्नुहोस् अब पाँच तोला सुन

माघ २०, काठमाडौँ । बिग मार्टले आफ्नो ५० औँ स्टोर सुरु गरेको अवसरमा ‘बिग मेला’ नामको ग्राहक योजना सार्वजनिक गरेको छ ।   

माघ १८ गतेबाट सुरु भएको ‘बिग मेला’ योजना अवधिमा बिग मार्टको जुनसुकै स्टोरबाट सामान खरिद गर्ने एक जना भाग्यशाली ग्राहकले पाँच तोला सुन जित्ने अवसर पाउने छ ।   

‘बिग मेला’को अवधिभर बिग मार्टका पाँच जना ग्राहकले हरेक दिन १० हजार रुपैयाँ बराबरको फ्रि सपिङ भौचर जित्न सक्नेछ । साथै, यसै अवसरमा बिग मार्टले फेसबुक फोटो कन्टेस्ट पनि सुरु गरेको छ जसमा एक जना भाग्यशाली ग्राहकले आईफोन ११ प्रो जित्न सक्नुहुनेछ ।   

यो कन्टेस्टमा भाग लिन ग्राहकले बिग मार्टका स्टोर बाहिर राखिएका फोटोबुथमा फोटो खिची बिग मार्टको फेसबुक पेजमा मेजेस गर्नुपर्नेछ र बिग मार्टले आफ्नो फेसबुक पेजमा सो फोटो अपलोड गरेपछि सम्बन्धित ग्राहकले ‘आई शप एट बिगमार्ट’ क्याम्पस राखी आफ्नो फेसबुकमा सेयर गर्नुपर्नेछ ।   

सबै भाग्यशाली बिजेताहरुको घोषणा लक्की ड्रमार्फत हुनेछ । यो योजना माघ १८ गतेदेखि आगामी फागुन ३ गतेसम्म संचालन हुनेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *