‘बुलबुल’ ले फ्रान्समा जित्यो ‘पब्लिक च्वाइस अफ अवार्ड’

माघ २०, काठमाडौं । चलचित्र बुलबुलले ‘पब्लिक च्वाइस अफ अवार्ड’ जितेको छ ।  

फ्रान्समा आयोजित साउथ एसियन फिल्म फेस्टिबलमा आइतबार साँझ भएको कार्यक्रममा ‘बुलबुल’ ले अवार्ड जितेको हो । ५ दिन लामो फेस्टिभलमा बुलबुलका निर्देशक पौडेल र अभिनेत्री स्वस्तिमा खड्का सहभागी थिए। 

दक्षिण एसियाली चलचित्रका बिच भएको प्रतिस्पर्धामा ‘टेकिङ दि हर्सेज टु इट जलेबी’ की निर्देशक अनामिका हसकरले स्टुडेन्ट जुरी अवार्ड हात पारेकी थिइन् भने ‘मोथोन दि गितु’का तर्फबाट मोहनदासले जुरी अवार्ड हात पारेका थिए। 

बुलबुलले यसअघि पनि दुई राष्ट्रिय अवार्ड पाएको थियो भने फिल्मबाट नायिका स्वस्तिमाले सार्कमा जुरी अवार्ड हात पारेकी थिइन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 5 =